लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गर्ने समूह पक्राउ

भक्तपुर, जेठ २९
लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाण्डौ चन्द्रागिरी बस्ने ३७ वर्षिय अम्मर बहादुर तामाङ, नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भई हाल काठमाण्डौ सितापाईला बस्ने ४२ वर्षिय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने ३३ वर्षिय सुनिल तामाङ छन ।


उनीहरुले गत जेठ २१ गते दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल काठमाण्डौ नरेफाट बस्ने ४४ वर्षिय भिम बहादुर कार्कीलाई फोन गरेर दधिकोट बोलाई लाईट स्टोनमा लगानी गर्दा फाइदा हुन्छ भनी प्रलोभनमा पारी १० लाख रुपैंया ठगी गरेको प्रहरीको आरोप छ ।
कार्कीको उजुरीको आधारमा उनीहरुलाई सूर्यविनायक नगरपालिका–३ बालकोटबाट सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *