राममन्दिर पुनःनिर्माणका लागि शिलान्यास सम्पन्न

भक्तपुर, फागुन ८
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले सो मन्दिर पुनःनिर्माण गर्न लागेको हो ।
सो मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ र ३ को सिमानामा पर्ने सो मन्दिरको वडा नं. १ क वडाअध्यक्ष सुरज खड्का र वडा नं. ३ का वडाअध्यक्ष प्रेमबहादुर कुटुले संयुक्तरुपमा शिलान्यास गरेका हुन ।
मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले करिव ८० लाखको लागत ईष्टिमेट तयार गरेको थियो । सो इष्टिमेट अनुसार विभागले ठेक्का मार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको हो ।
स्थानीयको पहलमा वि. सं. २०५७ मा निर्माण गरिएको सो मन्दिर वि. सं. २०७२ सालको भूकम्पले क्षती गरेपछि हाल पुरातत्वले पुनःनिर्माण गर्न लागेको स्थानीय बुढाथोकी गाउँ रामन्दिर टोल सुधार समितिका पुर्व अध्यक्ष अमृतबहादुर बुढाथोकी (गोरे)ले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *