युवा क्लव सञ्जालको कार्यक्रममा ४६ जनाले गरे रक्तदान (फोटो फिचरसहित)

भक्तपुर, साउन ५
युवा क्लव सञ्जाल मध्यपुर थिमि वडा नं. ७ ले शनिवार आयोजना गरेको खुल्ला रगतदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन । परिवर्तनका लागि युवा समाज भन्ने मुल नाराका साथ वडा नं. ७ को नगदेशमा आयोजित उक्त रगतदान कार्यक्रममा महिला पुरुष गरी ४६ जनाले रगतदान गरेका हुन ।
रक्तदातालाई प्रशंसापत्र वितरण गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले युवाहरुलाई सामाजिक कार्यमा लाग्न युवा क्लव सञ्जालले प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेका युवाहरुको सामाजिक सञ्जालमा मात्र झुम्ने प्रवित्तिका कारणले पनि विदेश मोह बढेको चर्चा गर्दै स्थानीय पालिकामा गठन भएका युवा क्लवहरुले युवाहरुलाई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने भावना जागृत गराउन विभिन्न क्रियाकलाप र स्वरोजगारमूलक कार्यक्रम गर्न समेत सुझाव दिनुभयो ।


रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले आवश्यक प्राविधिक सहयोग गरेको थियो । साथै स्थानीय स्तरमा पाताल समूहले सहयोग गरेको युवा क्लव सञ्जाल वडा नं. ७ का अध्यक्ष रोहन सलाजुले बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ३ का कृष्णहरी आचार्य, ९ का सानुकाजी राजबहाक, कार्यपालिका सदस्य सर्मिला विश्वकर्मा, प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीलगायतको सहभागिता रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *