मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई वि‌‍ज्ञको आव्हान

भक्तपुर, चैत्र २८ ।

समाजमा मानसिक समस्या ब्यापक रुपमा भ‌एको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले आव्हान गर्नुभयो । बालविकास माध्यमिक विद्यालय, भक्तपुरद्वारा आज आयाेजित एक कार्यक्रमका बीच अतिथि प्रा.डा. शाक्यले मानसिक रोग, लक्षण, कारण, उपचार विधि लगायत शिक्षक र सचेत नागरिकले निभाउनुपर्ने भुमिकाबारे प्रकाश पार्नुभयो ।

ने.म.कि.पा.का अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसद तथा प्रधानाध्यापक सुरेन्द्र राज गोसाइँ, बागमती प्रदेश सांसद सिर्जना सैंजु, तथा योगेन्द्र बिजुक्छे लगायत शिक्षकहरुको उपस्थितिमा नववर्ष २०८१ को शुभकामना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा विभिन्न शिक्षक प्रतिनिधिहरुले पनि आ-आफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य राख्नुभएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *