माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचक श्रीदिपद्वारा तिपिटक वाचन

सुनीता तुलाधर

ललितपुर, असाेज २८

सानै उमेरमा बौद्ध धर्मग्रन्थ तिपिटक वाचन गर्दै आउनु भएका श्रीदिप शिल्पकारले भिक्षु बोधिज्ञान महास्थविर वर्षाबास बस्नु भएको माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचन गर्नुभएको छ ।

https://www.facebook.com/100042909346180/videos/2744820995815140/

शिल्पकारले गत असोज २४ गते तिपिटकको सुत्तपिटक अन्तर्गत संयुक्त निकायको महावग्ग भित्रको मग्गसंयुत्तको अविज्जा वग्गमा रहेको ४ वटा सुत्तहरू अविज्जासुत्त, उपड्ढसुत्त, सारिपुत्तसुत्त र जाणुस्सोणिब्राह्मणसुत्त पालि भाषामा वाचन गर्नुभएको हो । साथै उहाँले स्व. भिक्षु अमृतानन्द महास्थविरले नेपालीमा अनुवाद गर्नुभएको बुद्धकालिन नेपाली विश्वकोषबाट छत्तमाणवक कथा पनि वाचन गर्नुभएको थियो । यस वाचनलाई भिक्षु बोधिज्ञान महास्थविरको जूम तथा फेसबुक र श्रीदिपको फेसबुक मार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *