महिला विश्व बक्सिङ च्याम्पियनसिपमा अञ्जनी क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, चैत्र ६

भारतको नयाँ दिल्लीमा सञ्चालन भैरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको अञ्जनी तेली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अञ्जलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नेपाल अब विश्व च्याम्पियनसिप पदकको लागि एक जित मात्र टाढा छ । अञ्जनीले अर्को खेलमा जित हासिल गरे कम्तीमा कास्य पक्का गर्नेछ ।
खेलको पहिलो राउण्ड ५ जना जजहरुले अन्जनीलाई जिताएको थियो भने दोश्रो राउण्डको खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तिम राउण्डमा मारिया माथी हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो । अब अञ्जनीले मार्च २२ तारिखमा बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग प्रतिष्पर्धा गर्नेछिन् । युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।
यसअघि भारतको नयाँ दिल्लीमा जन्मिएकी अञ्जनी भारतीय नागरिक भएको र नेपालबाट खेल्न नसक्ने भन्दै भारतीय पक्षले विश्व बक्सिङ महासंघ (आइबा)मा उजुरी दिएको थियो । अञ्जनीले हेमलता गुप्ताको नामबाट भारतमा सन् २०२१ मा राष्ट्रिय च्याम्पियनसिपमा खेलेको र भारतीय राशन कार्डका साथै पासपोर्ट समेत लिएको भन्दै उजुरी परेको थियो । आइबाले सो सम्बन्धमा छानविन अञ्जनीसँग विगत ८ वर्षदेखी नेपाली नागरिकता रहेको र उनले खेल्न पाउने निर्णय गर्दै क्लिन चिट दिएपछि प्रतिष्पर्धा गर्ने मौका पाएका थिए ।
यसअघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगिताबाट बाहिरिइन भने संगिता सुनार ६० के.जी. तौल समूहमा अष्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले पराजित भइन ।
यस्तै ७० के.जी. तौल समुहमा नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले पराजित भइन । मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भेनेजुयलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मिता दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित भइन ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *