मध्यपुर थिमि नगरपालिका कपको उपाधि विनायकले जित्यो

भक्तपुर, असार ४
छैंटौं मध्यपुर थिमि नगरपालिका कप अन्तरविद्यालय फुटबलको उपाधि विनायक ईङ्गलिस स्कुलले जितेको छ । मध्यपुर थिमि नगरपालिकाले सहयोगमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा आदर्श मावि सानोथिमिलाई पराजित गर्दै विनायकले उपाधि जितेको हो ।
प्रतियोगितामा विजयी विनायकले नगद ४० हजार पुरस्कार प्राप्त गरे । उपविजेता आदर्श सानोथिमिले २० हजारमा चित्त बुझाए ।


प्रतियोगितामा रोजिन सलाजु उत्कृष्ट गोलकिपर, सुशिल खड्का उत्कृष्ट डिफेन्डर, दिपेन राई उत्कृष्ट मिडफिल्डर, अरुण श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट खेलाडी घोषित भए । अर्विट स्कुलले फेयर प्ले अवार्ड र आदर्श सानो थिमिले उत्कृष्ट मार्चपासको उपाधि जिते ।
प्रतियोगितामा विजयी खेलाडी र टोलीलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, वडाअध्यक्षहरु बाबुकाजी डंगोल, श्रीकृष्ण श्रेष्ठ, कृष्णहरु िआचार्य, मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिं, उपाध्यक्ष अष्ट कवे, अखिल नेपाल फुटबल संघका पुर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *