मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने

भक्तपुर, साउन ११
मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको हो ।
काठमाण्डौं मेयर्स फोरमले आइतवार नकर्मीको निधनमा काठमाण्डौं उपत्यकाका सबै नगरपालिकाहरुमा शोक विदा दिने निर्णय गरे बमोजिम मध्यपुर थिमि नगरपालिकामा पनि बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले जारी सूचनामा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *