मध्यपुर थिमि नगरपालिकाद्धारा कक्षा ११ मा ४३ जनालाई छात्रवृत्ति वितरण, एसओएसको निर्णय हुन बाँकी

भक्तपुर, भदौ २१
मध्यपुर थिमि नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा कक्षा ११ मा अध्ययनरत गरिव जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचना अनुसार आवेदन दिने विद्यार्थीहरु मध्ये गरिव जेहेन्दार र विपन्न ४३ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा आदर्श जनप्रेमी ईं स्कुल (जनप्रेमी वल्र्ड स्कुल)का ८ जना, चाणक्य कलेज अफ म्यानेजमेन्टका १० जना, सिवर्ड कलेजका ९ जना र सनसाइन (एसएस)स्कुलका १४ जना रहेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।
शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम १५१ तथा नगर शिक्षा ऐन २०७९ को दफा २८ मा रहेको प्रावधान कार्यान्वयन गर्ने क्रममा सो बमोजिम छात्रवृत्तिका लागि आह्वान गरी प्राप्त आवेदन अनुसार छात्रवृत्ति वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले एस ओ एस हर्मन माइनर विद्यालय सानो थिमिमा आवेदन दिएका विद्यार्थीहरुका हकमा अर्को सूचना प्रकाशन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *