भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा : नगर प्रमुख अधिकारी

काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको बताउनुभएको छ ।
बिहिवार टोखा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उहाँले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको माग अनुसार अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी काम गरेकाले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य रुपमा प्रगति गरेको बताउनुभयो ।
नगर प्रमुख अधिकारीले भन्नुभयो “ गत साढे तीन वर्ष अगाडि टोखा बासीले आफूलाई नगरपालिकाको नेतृत्व गर्ने मौका दिएको र अहिले आफूले नगरबासीको चहाना अनुसार काम गरिरहेको छु ।”
नगरपालिकाको आफ्नै प्रशासनीक भवन निर्माण कार्य भइरहेको भन्दै उहाँले अब आउने जनप्रतिनिधिले सुविधा सम्पन्न प्रशासनीक भवनबाट सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकामा स्वच्छ भावना लिएर आउने जोकोही पनि खाली हात फर्कनु पर्ने अवस्था नरहेको भन्दै नगर प्रमुख अधिकारीले आफूले सेवाग्राहीको भावना अनुसार काम गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकाले नागरिकलाई सहज सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नका लागि वडा कार्यालय र नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्य जारी राखेको बताउनुभयो ।
उहाँले नगरपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गरी सेवा प्रवाहलाई उच्च प्राथमिकता राख्दै विकास निर्माणको काम गर्दै आएको स्पष्ट गर्नुभयो ।
भवन शिलन्यास कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीले निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न आफूहरुले निर्माण व्यवसायिहलाई आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *