भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

सुनीता तुलाधर, ललितपुर, बैशाख २९
नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाईएको छ ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म शोभन महास्थविरले धर्म देशना दिनुभयो । उपस्थित उपासक उपासिकाहरुलाई भिक्षु धम्म शोभन महास्थविरबाट नै शील प्रदान गरिएको थियो । साथै भिक्षु चन्द्रगुप्त महास्थविरले बुद्ध पूजा गराउनु भएको थियो ।
सो अवसरमा अनागारिका अरियाञाणी (दकिला) द्धारा लिखित प्रज्ञा दर्पण समाचार वुलेटिन संग्रह पुस्तकको विमोचन र प्रज्ञानन्द स्मृति बौद्ध ज्ञानमाला समिक्षा कार्यक्रम प्रशारणको पनि उद्घाटन गरिएको थियो । साथै अक्षयकोषको लागि सहयोग गर्नु हुने दाताहरु ४ जना र श्री शाक्यसिंह विहारको लागि योगदान दिनु हुने १० जना ज्येष्ठ उपासकउपासिकाहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


यसैगरी श्री शाक्यसिंह विहारमा हुने विविध बुद्ध शासनिक कार्यको लागि आवश्यक सहयोग गर्नुहुने सविता धाख्वाले लैङ्गिक समानताका लागि बुद्धको शिक्षण विषयमा विद्यावारिधि (पिएचडी) गरेकोमा उहाँलाई साधुवाद पत्र प्रदान गरिएको थियो ।
सो समारोहमा श्री शाक्यसिंह विहारका संरक्षण समिति तथा विकास समितिका सदस्य अमिता धाख्वाले दिवंगत प्रज्ञानन्द महास्थविरको जीवनी संक्षिप्तमा व्याख्या गर्नुभयो ।
प्रज्ञा दर्पण पुस्तकका लेखक अनागारिका दकिला गुरुमाले कोरोना महामारीको अवस्थामा भच्र्यूल माध्यमबाट बौद्ध जगतको गतिविधिहरुलाई जनमानसमा पुर्याउने उद्देश्यले प्रज्ञा दर्पण समाचार बुलेटिनको प्रसारण गरिएको र सोही बुलेटिनको संग्रह प्रज्ञा दर्पण रहेको बताउनुभयो ।
प्रज्ञानन्द स्मृति बौद्ध ज्ञानमाला समिक्षा कार्यक्रम प्रशारणका संयोजक भिक्ष्ुा पियरतन स्थविरले प्रज्ञानन्द महास्थविरलाई चिरकालसम्म स्मरण रहोस् भनि उक्त प्रशारण गरिरहेको बताउनु भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *