भक्तपुरमा सभा जुलुस, जात्रा महोत्सव गर्न निषेध

भक्तपुर, असोज १४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा आज (बिहिवार) राति १२ बजेदेखि अनावश्यकरुपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश, जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
चाडपर्वमा हुने भिडभाडले कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी यस्ता गतिविधिहरु बन्द गर्न बिहिवार आदेश जारी गर्नुभएको हो ।
प्रशासनले चाडपर्व तथा जात्राहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्युनतम सहभागितामा सांकेतिकरुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल भएर मनाउन आग्रह गरेको छ ।
प्रजिव शर्माले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवम् जोखिमयुक्त क्षेत्रहरु एवम् यात्रा गर्दा हुन सक्ने चोरी, ठगी लुटपाट अन्य गतिविधिबाट सर्वसाधारण सचेत रहने, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटी यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा नगर्न नगराउन आग्रह समेत गर्नुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *