भक्तपुरमा तयार हुँदैछ दशैको लागि माटोको सामग्री

लक्ष्मी गारु, भक्तपुर, असोज २२
भक्तपुर नगरापालिका–४ तालाक्वको विनोद कुमार प्रजापतिको परिवार निकै व्यस्त छन । बिहानदेखि बेलुकासम्म दशैको लागि माटोको सामाग्री बनाउन भ्याईनभ्याई छ ।
दशैमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गर्ने माटोको सामाग्रीहरु बनाउन उहाँको परिवारलाई भ्याईनभ्याई भएको हो । “दशै पर्व नजिकिन्दै छ । काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाको अर्डरको सामान बनाउन धेरै बाँकी छ । उहाँले भन्नुभयो, अहिले त म मात्र होइन परिवारका सबै सदस्यहरु यसै काममा व्यस्त छन । शनिबारको दिन छोराछोरीहरुलाई यसै काममा लगाइराखेका छौ ।”
विनोदकुमारको श्रीमती, छोराछोरी दशैमा पुजा कोठामा राख्ने घटस्थापनको लागि गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरती लगायतका सामाग्री बनाउनमा व्यस्त छन । दशैंमा जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामाग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले विनोदकुमारको परिवारका सदस्य भाडा बनाउने, सुकाउने, रङ्ग लगाउने र मिलाउनेदेखि बजार पठाउने कार्यमा व्यस्त छन।
त्यसैगरी भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि भ्याईनभ्याई छ । बिहान चार बजे उठेदेखि दशैको अर्डरका लागि आएको सामाग्री बनाउने कार्यमा व्यस्त छन । दशै र तिहारको समयमा अर्डर आएका पर्व सामाग्र्रीहरु माग आनुसार समयमा पु¥याउन सके वर्षदिनमा अरु बेला खासै व्यस्त हुन नपर्ने राजकृष्ण बताउँछन । उहाँले भन्नुभयो, “यो समयमा उपत्यका लगायत बाहिरी जिल्लाहरुबाट अर्डर आएका पर्व सामाग्रीहरु समय पु¥याउन सके खासै अरु बेला व्यस्त हुन पर्देन । यसैले वर्षदिनको आम्दानी गर्न भ्याउँछ । हामीले बढी दुःख गर्ने भनेको दशैं र तिहारको लागि हो । अरु बेला कम समय काम गरेपनि खासै फरक पर्देन । दशैं तिहारमा माग अनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।”
पछिल्लो समय बजारमा विभिन्न आधुनिक सामानहरु भएपनि दशै तिहारमा माटोको सामाग्री बढी प्रयोग हुने भएकाले यस्को व्यापार निकै फस्ताउँदै गएको व्यापरीहरु बताउँछन । यो व्यवसायमा लागत र परिश्रम अनुसार आम्दानी हुने भएकाले पेशा प्रति नयाँ पुस्ताहरु समेत आर्कषित भएको देखिन्छ ।
भक्तपुरमा १ देखि १२ सय रुपैयाँसम्मका पर्व सामाग्र्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुर तालक्व र सुजमारीको कुम्हालेहरु मात्र होइन लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेहरुको परिवार समेत दशै तिहारको सामाग्र्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकासं कुम्हाले परिवारका सदस्यहरु भाँडा मिलाउने, सुकाउने, रङ्ग लगाउने, बुट्टा राख्ने, बजार पठाउने कार्यमा व्यस्त छन् । यहाँ उत्पादन गर्ने पर्व सामाग्र्रीहरु उपत्यकाका शहरलगायत बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने व्यवासायी बताउँछन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *