भक्तपुरमा खःमेय् ब्वाकेगु जात्रा सम्पन्न

भक्तपुर, असोज २८
बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा बिहिबार सम्पन्न भएको छ ।

धार्मिक, सा“स्कृतिक, र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।


तस्विर ः लक्ष्मी गारु

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहु“दा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप यसदिन खःमेय्को बलिपुजा गरी जात्रा मनाउ“दै आएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।


तस्विर ः लक्ष्मी गारु

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह)वाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पु¥याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा २ दुई चक्कर सहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धारनी तौल भएको मोटो चाहिन्छ ।

खःमेय्को मासुको सुकुटी वनाई, धुलो पारेर ध्यूमा मुछी लक्ष्मीपुजाको दिनमा धुप बालेमा लक्ष्मी कृपा मिल्नुका साथै घरको नकारात्मक शक्ति नाशहुने र लक्ष्मी कृपा मिल्ने जनविश्वास रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *