भक्तपुरको ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला

भक्तपुर, मंसिर ७
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । वनभित्र रहेको ३ फिट गोलाई भएको लप्सीको रुखको फेद नजिकै ५ फिट ६ ईन्चको मानव कंकाल फेला परेको हो ।
कंकालसँगै एच पी इन्भेन्ट लेखेको कालो रंगको झोला फेला, झोलासँगै नाम्लोको फिता, उक्त झोलाभित्र एक थान चेक सर्ट, चोया काट्ने कर्द (चक्कु), प्लाष्टिकको फिता, बाँसको चोया, प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा रुद्धाक्ष फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिए । साथै प्रहरीले घटनास्थलबाट दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, १ जोर अं. ४० नम्बरको खरानी रंगको गोल्ड स्टार जुत्ता, अंग्रेजीमा सुपरमी लेखेको सेतो टिर्सट, गोल्ड र्ओजिनल लेखेको कालो ज्याकेट र खैरो रंगको पाईन्ट, पाईन्टको दाहिने गोजीमा लाईटर फेला परेको छ ।
घटनास्थलमा लप्सीको रुखको हाँगामा बाँधिएको जुटको डोरी चुडिएको अवस्थामा फेला परेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
प्रहरीले बरामद गरिएको सामानलाई सुरक्षित राखी कंकाललाई पोष्टमार्टमका लागि भक्तपुरको केएमसी अस्पताल पठाएको छ । घटनास्थलमा महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाही लगायत विशेषज्ञ चिकित्सकसहितको टोलीले अनुसन्धान गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रनाउ गिरीले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *