भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना

भक्तपुर, असोज २३
भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै आएको बडादशैं, तिहार र छठपर्वलाई लक्षित गरी ट्राफिक प्रहरी परिसर भक्तपुरले मंगलवारबाट यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षले पुर्वी नाका साँगा हुँदैं काठमाण्डौं उपत्यका बाहिर जाने सवारी साधन र यात्रुको विवरण राख्नुका साथै यात्रुलाई आवश्यक सहायता गर्ने, सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु भए नभएको जाँच गर्नेलगायतका कार्य गर्ने ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सन्तोष न्यौपाने बताउनुभयो ।


“सहायता कक्षको शुरुवातसँगै दशैं, तिहार र छठ पर्वका लागि घर जाने यात्रु ठगिने समस्या न्यूनिकरण हुन्छ,” न्यौपानेले भन्नुभयो, “यसले दुर्घटना न्यूनिकरणमा समेत मद्दत पुग्ने विश्वास छ ।”
यसैगरी प्रहरी वृत्त जगाती र ट्राफिक प्रहरी परिसर भक्तपुरले संयुक्तरुपमा जगाती क्षेत्रमा रहेका विभिन्न यातायात सेवाका टिकट काउन्टरको अनुगमन गरेको छ । दशैंको बेला लामो दुरीका कस सेवालाई यात्रुलाई टिकटको बढी मूल्य लिने गरेको गुनासो आउने भएकाले टिकट काउन्टरको अनुगमन गरिएको न्यौपानेले बताउनुभयो ।
अनुगमनका क्रममा टिकट काउन्टर सञ्चालकलाई तोकिएको मूल्यमा मात्र टिकट बिक्रि गर्न सचेत गराईएको उहाँले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *