बौद्ध धर्मावलम्बीहरु पञ्चराँ पर्व मनाउँदै

लक्ष्मी गारु, भक्तपुर, भाद्र २६
बौद्ध धर्मावलम्बीहरुले आज मंगलवार धुमधामका साथ पञ्चराँ (पञ्चदान) पर्व मनाउँदैछन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाईने यो पर्व भक्तपुरमा केही दशक यता बौद्ध धर्मावलम्बी बाहेकका नेवार समूदायले पनि मनाउँदै आएका छन ।
यो पर्वमा भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गर्नुका साथै गच्छे अनुसारको दान गरिन्छ । यस दिनमा पृथ्वीमा उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।
पञ्चदानको अवसरमा दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारमा रहेका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।
स्थानियले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिन्छन पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, कांक्रो आदि गच्छे अनुसार दान दिने प्रचलन रहेको छ । यो दिनमा फलफूल सख्खर पानी (सर्वत) र औषधिको दान पनि गरिन्छ ।
पञ्चदानको दिन पूजामा सुर्यमुखी फुल, धुप, दीप, गन्ध र रस, भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाँटि, केराउ, मास, पिंडालु, मुला आदि, पेय पदार्थमा सख्खर पानी (सर्वत), सिसाफल (फलपूmल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक, दतिवन आदी दान गर्ने परम्परा रहेको छ ।
बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गराउँछन । दीपङ्कर बुद्धलाई परम्परागत गँुला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गराइन्छ । बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ ।
यसैगरी मध्यपुर थिमिमा पनि पञ्चराँ पर्व मनाईन्छ । मध्यपुर थिमिमा पनि विभिन्न बहालमा भएका दिपंकर बुद्धलाई नगर परिक्रमा गराउनुका साथै दान लिने र दिने गरी यो पर्व मनाईन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *