बिदाई भए डोलेश्वरका साधुसन्त

भक्तपुर, फागुन २७
महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु शनिवार बिदाई भएका छन । उनीहरुलाई केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले दक्षिणा र उपहार दिएर बिदाई गरेको हो ।
समितिले यसवर्ष साधुसन्तहरुलाई क र ख वर्गमा विभाजन गरी दक्षिणा दिएर बिदाई गरेको हो । जसअनुसार क वर्गका १ सय ३० जना साधुसन्त र बाबाहरुलाई नगद एक हजार २ सय ५ रुपैंया एक–एक थान धोती र कम्मलसहित बिदाइ गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी ख वर्गका साधुसन्त एवम् बाबाहरुलाई नगद ८ सय ५ रुपैयाँ दक्षिणा र एक–एक थान धोती र कम्मलसहित बिदाइ गरिएको थियो । एक हप्तादेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिषरमै खाना र बस्ने व्यवस्था गरिएको थियो ।
महाशिवरात्रीका दिन डोलेश्वर महादेव मन्दिरमा ५० हजार दर्शनार्थीले दर्शन गरेको व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने समितिले जनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *