बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न समिति गठन

भक्तपुर, भदौ ३
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सानोथिमिस्थित बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थलीका १८ वर्षिय कमल बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बसन्त पाठक र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोक कुमार पोखरेल सदस्य सचिव रहनुभएको छ ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ ।
बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर थिमि ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतवार बिहान ७ बजेर ५८ मिनेटमा मृत्यु भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *