बालकुमारी साकोसको खुल्ला रक्तदानमा १०४ गरे रक्तदान

भक्तपुर, भदौ ३०
मध्यपुर थिमि–४ शंखधर चोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि. (साकोस)ले शनिवार आयोजना गरेको खुल्ला रक्तदानमा १०४ जनाले रक्तदान गरेका छन । संस्थाको २४ औं स्थापना दिवसको अवसरमा शंखधरचोकमा आयोजित उक्त रक्तदान कार्यक्रममा ८३ पुरुष र २१ महिला गरी १०४ जनाले रक्तदान गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान आयोजना गरिएको संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले बताउनुभयो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदातालाई प्रमाणपत्रका साथै एक एक थान टिसर्ट प्रदान गरेर सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *