बसको ठक्करले मोटरसाइकलमा सवारको मृत्यु

भक्तपुर, माघ १५
भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरतर्फ आउँदैं गरेको बा. ५ ख ३०२० नं. को यात्रुबाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको राजमार्गमा बा. ७० प. ९१३८ नं. मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखा गौरीशंकर गाउँपालिका–२ घर भई हाल नलिञ्चोक बस्ने ४० वर्षिया गंगा बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायक उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले बस चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षिय रविन श्रेष्ठ र बस महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *