फ्रान्स पठाउने भनी ठगी गरेको आरोपमा एक पक्राउ

भक्तपुर, माघ ५
वैदेशिक रोजगारको लागि फ्रान्स पठाई दिने भनी करिव २० लाख रुपैंया ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका ८ घर भई हाल काठमाण्डौं चन्द्रागिरी नगरपालिका ५ सतुंगल बस्ने ४६ वर्षिय तेजेन्द्र महत हुन ।
महतले राजेन्द्र मगरसहत ३ जनालाई फ्रान्सको कृषि कम्पनीका फलफुल टिप्ने काममा लगाई दिन्छु भनी पटक पटक गरी १९ लाख रुपैंया लिई सम्पर्क विहिन भएको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराईदिन पत्राचार गरेको आधारमा उनलाई पक्राउ गरिएको हो ।
महतलाई थप कारवाहीका लागि विभागमा बुझाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *