फागु पूर्णिमामा भक्तपुरमा एक सय स्थानमा प्रहरी परिचालन

भक्तपुर, चैत्र ११
फागु पूर्णिमाको दिन भक्तपुरमा एक स्थानमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले फागु पर्व मनाउने क्रममा अप्रिय घटना हुन नदिन जिल्लाको एक स्थानमा प्रभावकारीरुपमा प्रहरी परिचालन गरिएको जनाएको हो ।
फागु पर्व मनाउनेक्रममा विशेष गरी मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गर्ने, झैंझगडा गर्ने, ट्राफिक नियम विपरित सवारी साधन चलाउने र दुर्घटना हुने जस्ता अपराधिक गतिविधिहरु हुन सक्ने भएकोले त्यस्ता गतिविधिहरु हुन नदिन सुरक्षा योजना अनुसार एक सय स्थानमा प्रहरी परिचालन गरिएको परिसरले जनाएको हो ।
सुरक्षाको लागि परिसरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वेद बिष्टको नेतृत्वमा कमाण्ड पोष्ट, प्रहरी नायव उपरिक्षक डिएसपीको नेतृत्वमा चेकिङ, सूचना संकलन, सिआरभी, स्थायी पिकेट, थप पिकेट, गस्ती, स्ट्राइकिङ लगायतका टोली खटिएको परिसरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *