पोल्याण्ड पठाउने बहानामा ३८ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

भक्तपुर, कार्तिक २२
वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले मंगलवार एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य हुन । उनलाई काठमाण्डौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ गरिएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसका लागि प्रतिव्यक्ति आठ लाख लाग्ने, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी विश्वास दिलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *