पोखरामा दुर्घटना भएको विमानका सबै यात्रुको पहिचान खुल्यो, ४४ शव निकालिए

भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको पहिचान खुलेको छ ।
विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरू र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।
यति एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले हुनुहुन्थ्यो ।
त्यसैगरी, उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवारी हुनुहुन्थ्यो । अन्य यात्रीमा सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा। शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार हुनुहुन्थ्यो ।
विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे हुनुहुन्थ्यो । साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा हुनुहुन्थ्यो भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन ।


यसैबीच दुर्घटनास्थलबाट ज्यान गुमाएकामध्ये ४४ जनाको शव निकालिएको छ । ३० जनाको शव गण्डकी क्षेत्रीय अस्पतालमा पोष्टमाटमका लागि लगिएको छ । १४ शव दुर्घटनास्थलमा खोचमा रहेको छ र बाहिर निकाल्ने काम भइरहेको छ ।
दुर्घटनास्थलमा पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भई उद्धार कार्य भइरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *