पुलुकिसी जात्रासँगै भक्तपुरमा यसवर्षको ईन्द्रजात्रा सम्पन्न

भक्तपुर, असोज १६
ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाईएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, कुमालेटोल, बंशगोपाल, इटाछे., खमा, दरवारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सुजमारी, तचपाल, गोलमढी, सुकलढोकालगायतका स्थानको परिक्रमा गरी टौमढीमा पुगेर सम्पन्न भएको हो ।
भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बा“सको मान्द्रोलार्ई निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी बनाइएको पुलुकिसीलाई टौमढीस्थित आकाश भैरवलाई बली सहितको पुजा सम्पन्न गरीसकेपछि जात्रा शुरु भएको हो । पुलुकिसी आउँदा आफु आएको संकेत दिन घण्टा बजाएर आउने गर्दछ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीमा झुण्ड्याएको घण्टा बजाएर आउने गर्छ ।


जात्राको क्रममा पुलुकिसीलाई बंशगोपाल र इटाछें लगाएत चोक चोकमा धान खुवाउने, टौमढी र दरवार स्क्वायरमा आगो तपाउने, सुर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ ।
देवराज ईन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार जात्राको समय पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर बस्ने गर्दछ ।


पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, तीन दिन मनाइने या“मता (आकास दिप) र मूपात्र जात्रा सम्पन गरिन्छ । जात्रामा मुपात्रलाई पुलुकिसीले कथंकदाचित भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै खटबात नलाग्ने हुनाले पुलुकिसी जात्रा बीच बाटोमा पुगेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ ।
देवीपुराण गन्थ्र अनुसार ईन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज ईन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइने गरेको इतिहास तथा सँस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *