पाठक र कविको सेतु ‘सँझ्या साहित्य’ पुनः सञ्चालन

भक्तपुर, असोज ६
कला र कविताका लागि भएको छ । मध्यपुर थिमिको शंखधर चोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफेमा कोभिड र अन्य विविध कारणले लामो समयदेखी स्थगित कार्यक्रम शनिवारबाट पुनः शुरुवात भएको हो ।
समावेशी कार्यक्रमको नमूना र तीन पुस्ताका कविका लागि मञ्च बनिरहेको सँझ्या सन् २०१४ को नोवेम्बर (२०७१ मंसिर) बाट शुरु भएको थियो । तीन पुस्ताका कविताको उत्खनन् गर्ने र नेपाली कविताका मानक कविको सम्मान, स्थापित कविको प्रचार र नवउदीयमान कविलाई प्रोत्साहन गरी स्थापित गराउने उद्देश्यसहित स्थापित सँझ्या साहित्यले देशका ख्यातिप्राप्त कविदेखि नयाँ पुस्ताका कविको समेत खोज गरिरहेको छ ।
कार्यक्रममा १६ कविका कविता सुन्ने भनिए पनि १८ कविले आआफ्ना कविता सुनाउनुभयो । सर्वप्रथम नयाँ पुस्ताकी कवि एवम् सञ्चारकर्मी कञ्चन जिआरले ‘आजकल’ शीर्षकको रुमानी कविता सुनाउनुभयो । अग्रजपुस्ताका कवि कृष्णमोहन जोशीले ‘समृद्धिको सपना देख्न’, सामना पहाडले ‘उस्तै रहेछ’, कवि एवम् पत्रकार जीतेन्द्र रसिकले ‘अक्षरका कथा’, विक्रम पवन परियारले ‘वीर योद्धासँगको प्रेम’, रमी प्रियाले ‘प्रेमको क्षितिज’, अविनाश भट्टराइले ‘आगो’, ईश्वर थोकरले ‘याद’, विष्णुकला राईले ‘जाभामा कफी’ शीर्षक कविता सुनाउनुभयो ।


त्यस्तै नेपालभाषाका कवि ॐ कृष्ण श्रेष्ठले ‘पानी’, चर्चित कवि उमेश अकिञ्चन राईले ‘घामलाई प्रश्न’ अनिता महर्जनले ‘मलाई मार्छौ किन’, शोभा सरभले ‘इच्छा’ हिमाल चन्द्र बरालले ‘शासकको अन्त्य’, तेजकृष्ण श्रेष्ठले ‘सुसेली’ कविता सुनाउनुभयो ।
सँझ्या साहित्यका हरिहर तिमिल्सिनाले एक कविता सुनाउनुभयो भने अभय श्रेष्ठले तीन र कवि एवम् समालोचक महेश कार्की क्षितिजले एक कविता सुनाउनुभयो ।
वाचित कवितामाथि कवि एवम् समालोचक कार्कीले समिक्षात्मक टिप्पणी राख्दै अभय श्रेष्ठको कविता र कलाकारिताका बारे टिप्पणी गर्दै आउन लागेको कवितासञ्चयन ‘लहना र तिर’ ले नेपाली कवितामा धमाका मच्चाउने र अमिट छाप छोड्ने बताउनुभयो ।
सहआयोजक चाक्ला फल्चा र मिडिया पार्टनरहरू, ग्रेस एफएम १०७.६, भक्तपुर पोष्ट र सारङ्गी न्युज रहेका छन् । सँझ्याका नवीन प्रकाश श्रेष्ठ व्यवस्थापक रहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *