पत्रकार तमखूलाई पितृशोक

भक्तपुर, बैशाख २९
भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष, न्यूज २४ टेलिभिजनका भक्तपुर संवाददाता एवम् जन्त्रडटकमका सञ्चालक तमखूका पिता राम प्रसाद तमखूको शुक्रवार राती ८० वर्षको उमेरमा शहिद गंगालाल ह्रदय रोग केन्द्रमा निधन भएको हो ।
स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि स्व. रामप्रसादलाई बिहिवार मध्यपुर अस्पताल थिमि लगिएको थियो । उनलाई थप उपचारका लागि गंगालाल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।
स्व. रामप्रसादको शुक्रवार भक्तपुरको चुंपीघाटमा परम्परागत र धार्मिक विधि अनुसार दाहसंस्कार गरिएको छ । स्व. रामप्रसाद उच्च रक्तचाप मधुमेह र मुटुसम्बन्धी समस्याले पिडित थिए ।
तमखू स्व. रामप्रसादका जेष्ठ सुपुत्र हुन । तमखूलाई यो वर्ष दोस्रो शोक परेको हो । तमखूको आमाको गत आश्विनमा मृत्यु भएको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *