पत्रकार छुकांसहित शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित

भक्तपुर, असोज २८
नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य एवम् भक्तपुर टाईम्स अनलाइनका सम्पादक हरिसुन्दर छुकां सम्मानित हुनुभएको छ । लामो समयदेखी शिक्षा पत्रकारिता गर्दै आउनुभएका छुंकालाई शनिवार वल्र्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल (वी क्यान)ले सम्मान गरेको हो ।
वी क्यानले विश्व शिक्षक दिवसको अवसरमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका व्यक्तिहरू सम्मान गर्ने क्रममा छुंकालाई पनि सम्मान गरेको हो । सो अवसरमा सम्मानीत हुनेहरुमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सुमन ढकाल काठमाडौं स्कुल अफ लका अधिवक्ता राजकुमार सुवाल, सिन्धुपाल्चोकको क्रिश्टोन एकेडेमीका शत्रुघन कपाली, पर्साको मदरल्याण्ड स्कूलका डा. नन्दन यादब, इम्पावर द नेप्लिज गल्र्सकी बबिता लामा, जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकाल, झापाको अंशु एकेडेमीका प्रिन्सिपल केएन अधिकारी रहेका छन् ।
उनीहरूलाई द मोस्ट प्रोमिसिङ टिचर,÷एडुकेटर सर्भिस अवार्ड २०२३ बाट शिक्षा तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले सम्मान गर्नुभएको हो । सो क्रममा प्रवक्ता सापकोटाले शिक्षामा सुधारका लागि नेपाल सरकार निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा मेघा पब्लिकेसन्सका प्रबन्धक श्रीकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तिहरू डा. नन्दन यादब, प्राडा सुमन ढकाल, वी क्यानका महासचिव डा राजेन्द्र कोजू, साउथ वेष्ट युनिभर्सिटी रकी डा. सारा सफारी,रोम्बस सेकेन्डरी स्कूलकी अमृता ढकालले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए ।
कार्यक्रममा आयोजक वी क्यानका महासचिव डा. कोजूले शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्साह प्रदान गर्न सम्मान गरिएको बताउनुभयो । उहाँले विगत १० वर्षदेखि उक्त कार्यक्रमलाई निरन्तरता दिइरहेको समेत चर्चा गर्नुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *