नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ मा नयाँ समिकरणसँगै नेतृत्वको लागि कार्की र बस्नेत प्रतिष्पर्धामा

भक्तपुर, मंसिर ६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशन रोमाञ्चक बनेको छ । कोइराला खेमाका कविर राणा र विदुरमानसिंह बस्नेत समूहले क्याम्प परिवर्तन गर्दै कांग्रेस संस्थापन समूह देउवा पक्षीय दुर्लभ थापा समूहलाई सघाउने भएपछि नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशन रोमाञ्चक बनेको हो ।
यससँगै नेपाली कांग्रेस भक्तपुरको अधिवेशनमा नयाँ ट्वीस्ट आएको छ । यसअघि भक्तपुर क्षेत्र नं. २ अन्तर्गतको नगरसमिति र प्रदेशसभा अधिवेशनमा एक÷एक वटा नगरपालिका र प्रदेशसभा क्षेत्रमा जित हासिल गरे पनि समग्रमा कमजोर देखिएको थियो । नयाँ समिकरण बनेसँगै प्रतिष्पर्धा निक्कै कडा हुने देखिएको छ ।
नयाँ समिकरण बनेसँगै मंगलवार हुने निर्वाचनमा यसअघि संस्थापन पक्षबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका नारायणभक्त खायमली पछि हटेका छन । यस समूहबाट विदुरमानसिंह बस्नेतले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन । यस्तै संस्थापन ईत्तर समूहबाट गुण्डुका भेषबहादुर कार्कीले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन ।
त्यस्तै सचिवमा बद्रीराम थापा, दिपसुन्दर श्रेष्ठ, ईश्वर खड्का, सविन ढुंगेल र मणिराज थापाले उम्मेदवारी दर्ता गराएका छन । सहसचिवमा भोला खड्का, सुसन प्रजापति, श्रीकृष्ण कालु, मिना चित्रकार (श्रेष्ठ), दिपेन्द्र कुमार थापामगर र सानुकाजी राजबहाक प्रतिष्पर्धामा छन ।
कार्यसमिति सदस्य प्रत्यक्षको महिलातर्फ सुजाता देउजा र रीना महर्जनले उम्मेदवारी दिएका छन भने पुरुषतर्फको ३ जनाको लागि हरिशरण राउत, उद्धव खत्री क्षेत्री, रुद्र प्रसाद ढुंगाना, विरेन्द्र बज्राचार्य, बाबुकाजी डंगोल, विरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, धननाथ मिश्र, सुवास कुमार कार्की, मोहन रानाभाटगरी १० जनाले उम्मेदवारी दिएका छन ।
त्यसैगरी कार्यसमिति सदस्य प्रदेश २ (क)बाट एक महिलासहित ३ जनाका लागि नारायणदेवी जाकिबन्जार, सावित्री खड्का, मिठाराम न्यौपाने, संजोग थापा, अष्टलाल मानन्धर र रीता कार्कीले उम्मेदवारी दिएका छन भने प्रदेश २ (ख)बाट दिललक्ष्मी कायष्ठ, हिरा श्रेष्ठ, राजभक्त श्रेष्ठ, नजरमान श्रेष्ठ, राजभाई प्रजापति र राजेश श्रेष्ठ चुनावी प्रष्पिर्धामा छन ।

महाधिवेशन प्रतिनिधि खुलातर्फ १० जनाका लागि दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, सुरेन्द्र के सी, नारायणभक्त खायमली, कविर राणा, विष्णुराज कार्की, राजु थापा, माथवरसिंह बस्नेत, मुरारी प्रसाद आचार्य, दिपक थापा, नमस कार्की, हरि राउत, उद्धव सिलवाल, राजनकाजी त्वाती, मनमोहन भट्टराई, गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, रामभक्त थापामगर, सन्तोष भट्टराई, रत्नकृष्ण श्रेष्ठ, जयराम श्रेष्ठ र रामशरण देउजागरी २३ जना प्रतिष्पर्धामा छन ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला प्रत्यक्षतर्फ ४ जना निर्वाचित हुनेछ । यसका लागि रमा कोइराला पौडेल, उर्मिला वन, ललिता धिताल, रोमा देउजा, शोभा अधिकारी, गौरी खड्का खत्री, अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, कमला कमाचार्य र कल्पना राजथलागरी १० जनाले उम्मेदवारी दिएका छन ।
त्यसै सामनुपातिकको आदीवासी जनजाती महिलातर्फ कमल शोभा कायष्ठ, रामदेवी राजथला, निलकमल ध्वजु र पञ्चमाया प्रजापति कुटु प्रतिष्र्धामा छन । यो समूहबाट २ जना निर्वाचित हुनेछ ।
आदीवासी जनजाती खुलातर्फ ३ जनाका लागि ७ जना प्रतिष्पर्धामा छन । यस समूहमा दिलकृष्ण प्रजापति, शिवराम श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, राजेश मानन्धर, राजमान बाडे, ज्ञानदास प्रजापति र रामकाजी चक्रधरले उम्मेदवारी दिएका छन ।
खसआर्य महिलातर्फ सावित्री कार्की, डा जानुका नेपाल, संगिता थापा, सुमित्रा सापकोटाले उम्मेदवारी दिएका छन । प्रतिष्पर्धी ४ जना मध्ये दुई जना विजयी हुनेछ । खसआर्य खुलातर्फको ३ जनाको लागि दिपक बस्नेत, अंगत खड्का, उमेश खड्का, अच्युतप्रसाद मिश्र, धर्मराज कार्की र लछुराम न्यौपानेगरी ६ जना प्रतिष्पर्धामा छन ।
दलिततर्फ पूर्ण नेपाली विशुंके र सरोज परियार, मुस्लिम अपाङ्गता भएका र मधेसीतर्फ शशी बस्नेत, रामदिनेश लाल कर्ण, सन्तोष कुमार कोचर र कसंबहादुर कोजूले उम्मेदवारी दिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *