नेकपा (एकिकृत समाजवादी)को भक्तपुर अध्यक्षमा बस्नेत चयन

भक्तपुर, भाद्र २६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजन भई गठन भएको नेकपा (एकिकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन भएको छ । एकिकृत समाजवादीको शनिवार मध्यपुर थिमिमा आयोजित भेलाले नेता श्यामसुन्दर बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
बस्नेत यसअघि गठन गरिएको नेकपा एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए । समानान्तर समितिका तत्कालिन अध्यक्ष रजन केसीले एमाले नै रोजेपछि बस्नेतले अध्यक्ष बन्ने मौका पाएको हो ।
समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएको छ ।
सदस्यहरुमा राजु श्रेष्ठ, विनोद केसी, ज्ञानेन्द्र थापा, चित्रबहादुर अछामी, नवराज काफ्ले, राजेन्द्र श्रेष्ठ, बिष्णु कायस्थ, बासुदेव खड्का, शान्ति खड्का, निराकार भारती, सुमन केसी, बलराम बमेगटि (मिजार), सन्जिब लामिछाने, रीता अवाल, एम बि दुमरु, नारायाण बहादुर नायभा, सर्बग्यरत्न बज्राचार्य, लक्ष्मी प्रसाद श्रेष्ठ, डा. राजेन्द्र कोजु, न्हुछे प्रजापति, कृष्ण प्रसाद भेले, दिपकराज खत्री, केशब खत्री, बिष्णु गुमाजु, लोककृष्ण दाहाल, हेमन्त खड्का, राजेश सिंह देउजा, पृथ्बीराम सुवाल चयन भएका छन ।
त्यसैगरी दिपक थापा, दिलिप केसी, मोहन पौडेल, सुशिला सुवेदी, सरस्वती घिमिरे, कमल न्यौपाने, ध्रुब न्यौपाने, के पी अर्याल, निरब थापा, विकास कार्की, उत्तम परियार, खुमानन्द ज्ञवाली, चन्द्र बहादुर तामाङ्ग, सरिता खत्री, तेजकृष्ण श्रेष्ठ, राजन गोसाई, प्रदिप बस्नेत, के बी मगर, झपट भण्डारी, राजभाई जयना, श्याम श्रेष्ठ, बिष्णु सुबेदी, पुन्यरतना रंजित, पुर्नाहरी श्रेष्ठ, अमर पौडेल, लक्ष्मी श्रेष्ठ, चन्द्र नारायण श्रेष्ठ, देवराज न्यौपाने, श्याम चौलागाई, माधब ज्ञवाली, दिनेश कार्की, लालबहादुर रोकाया, माधब ढकाल, शुशिला श्रेष्ठ, कविता चापागाईं, निर्माण पोखरेल, गोपीकृष्ण लामिछाने, तर्कबहादुर शाही, नबिन प्रकाश श्रेष्ठ, दिलिप बस्नेत, गोविन्द न्यौपाने, राम बहादुर कार्की, छन्द निरौला, कृष्ण भक्त पा श्रेष्ठ र रचना लाखेमरु पनि जिल्ला समिति सदस्य चयन भएका छन ।
नवगठित जिल्ला समितिका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकिकृत समाजवादी)का नेता एवम् बागमति प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले सपथ गराउनु भएको थियो ।
सो अवसरमा डा. श्रेष्ठले नेकपा एमालेमा कम्युनिष्ट आचरण नभएकाले नयाँ पार्टी गठन गर्नु परेको बताउनुभयो । उहाँले नेता माधवकुमार नेपालको साथ छोडी नेकपा एमालेमा बसेका दोस्रो पुस्ताका नेताहरु एमालेमा लामो समय बस्न नसक्ने ठोकुवा गर्दै उनीहरुले विद्रोह गरी एकिकृत समाजवादीमा समाहित हुन आउने विश्वास व्यक्त गर्नुभयो ।
एकिकृत समाजवादीको गठन सम्पूर्ण कम्युनिष्टहरुलाई एकिकृत र संगठित गर्ने उद्देश्यले भएको दावी गर्दै उहाँले भक्तपुरमा यसलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नवनियुक्त अध्यक्ष बस्नेतले भक्तपुरमा छिट्टै अगुवा कार्यकर्ता भेला गरी संगठन बिस्तार गर्ने जानकारी दिनुभयो । उहाँले अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय समिति गठन गर्ने, विद्यार्थी, युवा र महिला कमिटि गठन गर्ने बताउनुभयो ।
नेता अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा नेता ध्रुवराज बिष्टले अन्तर पार्टी निर्देशन (अपानि) वाचन गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *