नावालिकालाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, चैत्र २१
काठमाण्डौंको धापासीमा एक नाबालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हाल काठमाण्डौं टोखा नगरपालिका–३ धापासी बस्ने सन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ का २१ वर्षिय आशिष तामाङ भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ का २१ वर्षिय कुशल श्रेष्ठ हुन ।


प्रहरीका अनुसार निमाले आशिष तामाङको नाममा फेसबुक आईडी खोली पिडित बालिकालाई साथी बनाए । फेसबुकमा कुराकानी गर्ने क्रममा भेटघाटका लागि बोलाई गत फागुन ६ गते टोखाको ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगी सामुहिक जबरजस्ती करणी गरी फरार भएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी)रविन्द्र रेग्मीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको एसपी रेग्मीले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *