नागपञ्चमीमा भक्तपुरको सुडालमा विशेष पुजा हुने

भक्तपुर, साउन ३१
मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन चाँगुनारायण नगरपालिका–८, सुडालमा विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधवार प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौ ४ गते नागपञ्चमीका दिन २७ फिटको कालीनागको विशेष पूजा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुजङ्ग बस्नेतले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा ५४ रोपनी जग्गामा १ सय ८ फिटको शिवको मूर्ति र अन्य देवीदेवताहरूको प्रतिकका साथै धार्मिक पर्यटकीयस्थल बनाउने कार्य भइरहेको बताउनुभयो ।
वर्षमा दुईपटक नागपञ्चमी र शिवरात्रीको पूजाको अवसरमा ललितपुरको बालकुमारीबाट १ सय ८ गाडी र १ सय ८ बाजागाजासहितको ¥याली लग्ने तयारी भइरहेको जानकारी दिँदैं उहाँले भन्नुभयो, “आगामी भदौ ४ गते बिहान ८ बजे बालकुमारी मन्दिरमा भेला हुने र ९ बजे रथयात्रा सुरू हुने र ११ बजे निर्माण कार्य सुरू भएको ठाउँमा पुगेर भोजन ग्रहणपछि मात्रै औपचारिक कार्यक्रम सुरू हुन्छ ।”
संस्थाका अध्यक्ष तथा शिवतान्त्रिक धर्मगुरू बुद्धीकुमार खड्कीले ज्ञानी नै नभइकन ज्ञानको परिभाषा बुझ्न नसकिने बताउँदैं मन्दिर निर्माणका लागि आजसम्म व्यक्तिगत १ करोड ८७ लाख खर्च गरिसकेको र त्यो रकम लेखा परीक्षणमा पनि देखाइसकेको जानकारी दिनुभयो ।


आफ्नो आधा जीवन भगवानको लागि समर्पण गरिसकेको र भगवान सबैको साझा भएको बताउँदैं उहाँले भदौ ४ गते नगरकोटमा निःशुल्क यात्रा, खानाको ब्यवस्थासहितको कार्यक्रम राखिएको र सबैलाई आउनका लागि निम्ता गर्नुभयो ।
राष्ट्रिय मार्सलआर्ट खेलाडी बैकुण्ड फुयाँलले नेपालको धर्म र इतिहास जोगाउन आफूहरूले ५४ रोपनी जग्गामा मन्दिर विस्तार गर्न लागेको बताउँदैं पूर्खाको धर्म बचाउन सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुभयो ।
संस्थाकी केन्द्रीय सदस्य दिया खड्काले धर्मगुरू खड्कीले मन्दिर बनाउन लागेको र सबैले सहयोग गर्न आग्रह गर्दै आफुले सो कार्यका लागि ५ लाख ५ हजार ५५ रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
संस्थाका पूर्वअध्यक्ष रामकृष्ण कर्माचार्यले धर्म र पैसाको विषयमा विभिन्न समयमा विभिन्न टिप्पणी हुने गरेको बताउँदैं निर्माण हुन लागेको १ सय ८ फिटको शिवको मूर्ति एसियाकै पहिलो भएको दावी गर्नुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *