नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुरु

भक्तपुर, बैशाख १४
नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबारदेखि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् पुर्व उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलक्षेत्र माथि राष्ट्रको राम्रो नजर पर्न नसकेको जिकिर गरेका छन् ।
उनले खेलकर्मीहरुको चाहना अनुरुप कार्य योजना बनाउन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेस पार्टीले लोकतान्त्रिक खेल संघ मार्फत खेल गतिविधि गर्दै संघहरुलाई कृयाशिल गर्ने निति अवलम्बन गराउने प्रतिबद्धता जनाएका छन् ।
पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कूल ६ लाख ३७ हजार ४ सय सर्वाधिक पुरस्कार राशी भएको नेपालकै बहु प्रतिक्षित चेस प्रतियोगितामा कपिलवस्तुका ६ वर्षीय अंकुर पोखरेलदेखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सिताराम अग्रवालले समेत सहभागी जनाएका छन ।


प्रतियोगितामा ४२ जिल्लाका राष्ट्रिय खेलाडीहरु विभिन्न विधामा प्रतिष्पर्धा गर्ने छन । सहभागी मध्ये ४० जनाले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी दिए । प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेल पश्चात् ४ जना सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्ने बताए । बाकी १०८ जनाले कूल ९ चरणको खेल खेल्ने छ ।
यसैबीच आज सम्पन्न पहिलो चरणको गणेशमान सिंह स्मृति चेस प्रतियोगितामा हेटौंडाका शिर्ष खेलाडी एफएम क्षितिज भण्डारी, काभ्रेका सिएम मिलन लामा, रौतहटका नेपाल च्याम्पियन एफएम रुपेश जैशवाल, ललितपुर स्पोर्ट्स क्लबका सिएम कृष्ण थापा, भक्तपुरका निकेन कुसाथा, लमजुङका सविन चन्द्र घिमिरे स्पोर्ट्स क्लबकै प्रेमकृष्ण महर्जनले विजयी शुरुआत गरेका छन्


यसैगरी काठमाडौंका पुरुषोत्तम सिलवाल, स्पोर्ट्स क्लबका सिएम सजिन महर्जन, ललितपुरका बद्रिलाल नेपाली, ललितपुरका सुरोज महर्जन, सुदिप तामाङ, काठमाडौका जनार्दन श्रेष्ठ, पेभिलियन चेस एकेडेमीका सुशील चौधरी, स्पोर्ट्स क्लबका सोम आले, काभ्रेका राहुल चौ प्रधान, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अशोकमोहन श्रेष्ठ,धनुषाका सूर्यनारायण दास, झापाका राजन सुवेदी, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले जीत आत्मसाथ गरेका छन्। ।
आज सम्पन्न भएको उत्कृष्ट खेलमा बाग्लुङका अनरेटेड तोरन भण्डारीले कारोकान डिफेन्स अन्तर्गत आफू भन्दा १९१२ उच्च रेटेड आशिष् फूँयाल माथि सानदार विजय प्राप्त गरेका छन। आशिशले गलत रुक मुभ गरे पछि दबाबमा परी अप्रत्याशित हार भोग्नु परेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *