नवीन बने राष्ट्रिय ¥यापिड चेस च्याम्पियन

भक्तपुर, कार्तिक ७
नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा बुधवार सम्पन्न दोश्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले जितेका छन ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९३२ रेटेड सिएम नविन तण्डुकारले आठ खेलमा जीत दर्ता गर्दै ८ अंक जोडेर राष्ट्रिय ¥यापिड च्याम्पियन बनेको हो । नविनले उपाधि संगै नगद ३० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा १९५६ रेटेड खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर टाइब्रेकर आधारमा दोश्रो स्थान ओगट्न सफल भए । शुश्रुतले नगद २० हजार प्राप्त गरे ।
स्वीस मानेजर बुछोल्स्ज फिडे नियम अप्लाइका कारण समान ७ अंक बनाएका २००८ रेटेड एफएम क्षितिज भण्डारी तेस्रो हुँदै नगद १४ हजार र २०४३ रेटेड आशिष् फूँयाल चौथो हुँदै नगद ९ हजार पुरस्कार प्राप्त गरे ।
नेपालका शीर्ष ६३ राष्ट्रिय बुद्धिचाल खेलाडी सहभागी नौ चरणको खेलवाट २१३० रेटेड एफएम रुपेश जैसवाल ६.५ अंक बनाउदै पाँचौ स्थानमा रहन सफल भए । समान अंक जोडेका २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं र १९६० रेटेड धिरेन राई सातौं स्थानमा रहन सफल भए ।

¥यापिड स्पर्धामा १९८४ रेटेड नेपाल च्याम्पियन राजन सुवेदी, २०१९ रेटेड प्रकाशचन्द्र नेपाल र २०४४ रेटेड सुरज महर्जन समान ६ अंक बनाउदै क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहे ।
यसैबीच आजै सम्पन्न पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि दोलखाका आशिष फूँयालले जितेका छन् । आशिषले उपाधिसंगै नगद २० हजार प्राप्त गरे । महिला ब्लिट्जमा सिन्दिरा जोशी उत्कृष्ट बन्दै नगद ५ हजार पाइन् ।
नेपाल बुद्धिचाल महासंघले पहिलोपटक आयोजना गरेको प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा कडा प्रतिस्पर्धा भएको थियो । जम्मा ३ मिनेट २ सेकेण्डको द्रुतगतिमा खेलिने ब्लिट्ज चेस स्पर्धामा ४९ जना सहभागी मध्ये पाँच जना खेलाडीहरुको समान ७ अंक बनेको थियो ।
स्वीस लिग सिस्टम डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कट वान, कट टु, मोष्ट गेम वीन, ब्लाक वीनको कठिन टाइब्रेक नियमका आधारमा गरेको निर्णय अनुसार एफएम क्षितिज भण्डारी द्वितीय स्थान, प्रकाशचन्द्र नेपाल तृतीय स्थान, राजन सुवेदी चौथो र सुरोज महर्जनले पाँचौ स्थान ओगटेका छन्।
युवा पुरुषोत्तम सिलवाल ६.५ अंक बनाएर छैटौं स्थानमा रहे । यस्तै धिरेन राई, एफएम रुपेश जैसवाल, सिएम शुश्रुत दहाल र सुसन काफ्ले समान ६ अंक प्राप्त गर्दै क्रमशः दशौं स्थानमा रहन सफल भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *