दुवई पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा लोहकिल्थलीबाट एक पक्राउ

भक्तपुर, असार २१
वैदेशिक रोजगारीका लागि दुवई पठाईदिने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि १, लोहकिल्थलीबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका ४ ठेलीया घर भई हाल लोहकिल्थली बस्ने ३२ वर्षिय विरु पौडेल हुन । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पौडेलले विजय चौलागाई समेतलाई आकर्षक तलवमा वैदेशिक रोजगारीको लागि दुवई पठाईदिन्छु भनी विश्वास दिलाई रकम लिई सम्पर्क विहीन भई ठगी गरेको अभियोगमा वैदेशिक रोजगार विभागको अनुरोधमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
उनलाई थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको उहाँले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *