दिव्यश्वरी सहकारीको कार्यक्रममा ४० जनाले गरे रक्तदान

भक्तपुर, मंसिर १६
दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्थाले शनिवार मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित कोसिना गणेश मन्दिर परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।
संस्थाको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा १२ महिलासहित ४० जनाले रक्तदान गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गर्ने क्रममा संस्थाले प्रत्येक वर्ष नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र सोही अनुरुप यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष तिर्थलाल कुटुले बताउनुभयो । उहाँले बढ्दो रगतको अभावलाई परिपुर्ती गर्ने र रक्तदान सम्बन्धमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले पनि रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।


लायन्स क्लव अफ भक्तपुर दिव्यश्वरीको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखाले प्राविधिक सहयोग गरेको थियो । सोही अवसरमा भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारको सहयोगमा मधुमेह (सुगर) र रक्तचापको निःशुल्क परिक्षण समेत गरिएको संस्थामा का.मु. व्यवस्थापक बुद्धलाल कुटुले जानकारी दिनुभयो ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *