थिम्रिङ पत्रकारिता पुरस्कारबाट जोशी पुरस्कृत

भक्तपुर, मंसिर २६
भक्तपुरका वरिष्ठ पत्रकार प्रविन जोशी थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजले दशौं साधारणसभा तथा चौंथो अधिवेशनका अवसरमा शनिवार जोशीलाई नगदसहित पुरस्कृत गरेको हो ।
जोशीलाई बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, समाजका अध्यक्ष बाबुकाजी साँछें श्रेष्ठले संयुक्तरुपमा पुस्कृत गर्नुभएको हो ।
जोशी विगत ३ दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । जोशी श्रृंखला साहित्यिक मासिक, स्टार एक्सप्रेस साप्ताहिकलगायत विभिन्न पत्रपत्रिका सक्रिय हुनुहुन्छ ।
पुस्कार ग्रहणपछि जोशीले जीवनको उत्तारर्धमा प्राप्त पुरस्कारले पत्रकारिता क्षेत्रमा थप उर्जाका साथ सक्रिय हुने हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले पुरस्कारले जिम्मेवारी थपिएको महसुश भएको बताउँदैं भविष्यमा समाजलाई सू–सुचित गर्न निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *