ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, असोज ३०
मध्यपुर थिमि–६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सानोथिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरित दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राती एक आपसमा ठक्कर खाँदा नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने ३१ वर्षिय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका पण्डितलाई प्रारम्भिक उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी पठाई थप उपचारका लागि माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० बस्ने ३९ वर्षिय सुन्दर गोर्खालीसहित दुवै सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *