जुवा खेलिरहेको अवस्थामा १० जना भारतीय नागरिक पक्राउ

भक्तपुर, असोज २
भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका ७ इनाचोबाट सोमवार १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इनाचोस्थित हर्क रत्न शाक्यको ४ तले घरको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको पश्चिम बंगाल कोलकाता घर भई हाल इनाचो बस्दै आएका २८ वर्षिय देव परमणी, ३३ वर्षिय कमल शेख, २५ वर्षिय देव चुत, ३६ वर्षिय पूर्ण ब्रतदले, ४९ वर्षिय मनजित माकी, ३५ वर्षिय सुशिल दलै, ४४ वर्षिय दिवस हजारा, ४५ वर्षिय चन्दन कुदेल, ३० वर्षिय सोरोजित मैती र ३५ वर्षिय अनुप दोलही छन ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी अधिकृत सहितको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट जुवातास खेल्न प्रयोग भएका २ बुक तास र नगद ७३ हजार ७४५ रुपैंया बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *