जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पुस २७ गतेदेखि सुरु हुने

भक्तपुर, पुस १८
भक्तपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यही पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता ३ दिन सञ्चालन हुनेछ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा मंगलवार बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन कार्यदलको बैठकले यही पुस २७ देखि २९ गते सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट्सतर्फ तेक्वान्दो, उसु ,कराँतेका विभिन्न स्पर्धामा प्रतिष्पर्धा हुने थापाले बताउनुभयो ।
बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, सूर्यविनायक, भक्तपुर, मध्यपुरका शिक्षा शाखाका प्रतिनिधिहरू, नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, प्याप्सनका सचिव विजय कर्माचार्य, भलिबल, एथलेटिक्स, तेक्वान्दो, उसु , कराँते, कबड्डी संघका अध्यक्षहरुलगायतको उपस्थिती रहेको थियो ।
भक्तपुरका चार वटै पालिकाहरुले पालिकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ । सोही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्धितिय  स्थान हासिल गर्ने खेलाडीहरुले जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *