गणेशमान वाटिकामा पुनः बस्नेत

भक्तपुर, फागुन १९
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति भक्तपुरको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार समेत रहनुभएका राजनीतिज्ञ माथवरसिंह बस्नेत सर्वसम्मतले चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा अधिवेशनले बस्नेतलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
समितिको विधान अनुसार समितिको कार्यसमितिका पदाधिकारी र सदस्यहरुको चयन भने नवनिर्वाचित अध्यक्ष बस्नेतले मनोनयन गरी बिस्तार गरिने समितिका निवर्तमान महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।
यसअघि साधारण सभामा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै समितिले वाटिकाको गुरुयोजनाको डिपिआर बमोजिमको निर्माण कार्य अघि बढाउने क्रममा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा कम्पाउण्ड वाल लगाउने कार्यको शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
उहाँले निर्माण सम्पन्न भएको लामो समयपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण गराउनु पनि कार्यसमितिको सफलता भएको बताउनुभयो ।
साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रीकृष्ण राउतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा अध्यक्ष बस्नेतले वाटिकाको डिपिआर अनुसारको निर्माणको लागि करिव ३३ करोड रुपैंया लाग्ने लागत तयार भएको जानकारी दिँदैं उक्त रकम केन्द्रीय सरकारसँग माग गर्ने र वाटिकालाई बाह्य र आन्तरिक पर्यटनको केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *