गणेशमान चेसमा नवीन तण्डुकार सहित ११ खेलाडी अग्रस्थानमा

भक्तपुर, बैशाख १६
ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चलिरहेको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाएका छन् । उनले दोश्रो दिनको खेल पश्चात ३ चरणको खेलमा शत प्रतिशत जित निकाल्दै ३ अंक सहित अग्रस्थानमा रहन सफल भएका हुन ।
नेपालको खेलक्षेत्रमा योगदान पु¥याउदै आएका किशोर महर्जन र अर्का खेलप्रेमी रञ्जन ठकुरी घोषालेले शुरु गरेको तेश्रो चरणको खेलमा १८५८ रेटड नविनले आफु भन्दा उच्च १९३३ रेटेड सविन चन्द्र घिमिरेलाई पराजित गरे । उनले पहिलो चरणमा काठमाडौंका वसन्त गुरुङ र दोश्रो चरणमा ललितपुरका सकार राईलाई माथ दिएका थिए ।


त्यसैगरी तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली ३ अंक जोड्ने क्रममा पहिलो खेल अरिन मुनि बज्राचार्यलाइर्, दोश्रो खेल निग्मा शेर्पालाई हाराएका थिए ।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा हेटौंडाका क्षितिज भण्डारी, २ पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू १६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज महर्जन, झापाका राजन सुवेदी, ललितपुरका रुपेश जैसवाल,ललितपुर कै कमल श्रेष्ठ, भक्तपुरका निकेन कुसाथा समेतले सबै खेल आफ्नो आफ्नो पक्षमा राख्दै संयुक्त पहिलो स्थानमा उभिन सफल भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको गणेशमान सिंह स्मृति चेस प्रतियोगिताका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटरसाइकल हात पार्ने जानकारी दिए । जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *