खुला बुद्धिचालमा रुपेश प्रथम

भक्तपुर, जेठ १४
भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा शनिवार सम्पन्न स्व. त्रिरत्न ग्वाछा स्मृति खुला ¥यापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् । प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सुरोज महर्जन चौंथो, सुशिल चौधरी पाँचौं, क्षितिज भण्डारी छैंटौं, सुरवीर लामा सातौं, नवीन तण्डुकार आठौं, सुसोन दाहाल नवौं र राजेश कक्षपति दशौं हुन सफल भए ।
प्रतियोगितामा प्रथम हुने रुपेशले २५ हजार, दोस्रो हुने सुदिपले १५ हजार र तेस्रो हुने बद्रीलालले १० हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै चौंथो हुने सुरोजले ८ हजार, पाँचौं हुने सुशिलले ६ हजार र छैंटौदेखी दशौं हुनेले जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गरे ।
दुई दिने प्रतियोगितामा ६ जना महिलासहित कुल १४० खेलाडीहरुले भाग लिएको आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए । प्रतियोगितामा ७ देखि ८२ वर्षसम्मका खेलाडी सहभागी भएको थिए । प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको केशवले बताए ।
आयोजक टीमका कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । ग्वाछाको करिव डेढ महिना अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा टीमका सस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, केन्द्रिय बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतम, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टीमका सचिव रामेश्वर मचामसी, सदस्य सुरेश कवांलगायतले खेलाडीको सम्मान स्वरुप प्रतियोगिता आयोजना गरेको बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *