कौडा खेल्ने १४ जना पक्राउ

भक्तपुर, कार्तिक २०
चाँगुनारायण नगरपालिका–६, बेशीटोलस्थित मंगोलियन वेभ रेस्ट्रो एण्ड बारमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले शुक्रवार राती १४ जनालाई पक्राउ गरेको छ । बारभित्र कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक सुदन के सी नेतृत्वको टोलीले छापामारी बार सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारका सञ्चालक चाँगुनारायण – ६, तेलकोट बेशीटोलका ४० वर्षिय दिपक कुमार तामाङ, सोही स्थान बस्ने ४२ वर्षिय धन बहादुर तामाङ, २४ वर्षिय बिरवल तामाङ, २६ वर्षिय शुक्रे तामाङ, २१ वर्षिय राज कुमार तामाङ, २९ वर्षिय संजय तामाङ, ३० वर्षिय सोनाम लामा, ३५ वर्षिय मन कुमार तामाङ, ३६ वर्षिय दिलिप कुमार तामाङ, ३९ वर्षिय राज कुमार थिङ, ३२ वर्षिय बिल भन्ने बिर बहादुर तामाङ, २४ वर्षिय कुमार तामाङ, ३५ वर्षिय सुरज लामा, ३४ वर्षिय दिलिप तामाङ र गोरखा जरङ गाउँपालिका–४ घर भई तेलकोट बेशीटोल बस्ने ३७ वर्षिय सुमन गुरुङ हुन ।
प्रहरीले उनीहरुको साथबाट कौडा २० थान, दुई रुपैंयाका सिक्का ३५ थान, नगद २ लाख ६८ हजार ३९० बरामद गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । अनुसन्धानको क्रममा बार सञ्चालक दिपकले पहिले देखिनै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको समेत खुल्न आएको प्रनाउ गिरीले बताउनुभयो । पक्राउ परेकाहरुमाथि कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *