काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ

भक्तपुर, चैत्र १६
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक आचार्जु हुन । आरोपी आचार्जु र मृतक तामाङ एउटै घरमा डेरा गरी बस्ने हुन ।
घटना अनुसार गत फागुन १८ गते दिउँसो १ बजेको समयमा लक्ष्मी तामाङ कानमा लगाएको सुनको रिङ(मुन्द्रा) समेत नरहेको अवस्थामा आफ्नै डेराकोठामा मृत फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा शवको प्रकृती हेर्दा घटना शंकास्पद देखिएको, मुखबाट रगत बगी सुकेको र घाँटी ल¥याकलुरुक अवस्थामा रहेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट मृतक तामाङ विगत १ बर्ष देखी बसन्त श्रेष्ठको घरको भुईतलामा एक्लै डेराकोठा लिई बस्दै आएको खुल्न आएको थियो भने सोही घरको भुईतलामा आचार्जुपनि विगत ३÷४ बर्षदेखि एक्लै बस्दै आएको खुल्न आयो ।
आचार्जु लागू औषध सेवनकर्ता रहेको र घर परिवारबाट अलग बस्ने गरेको, आचार्जुले तामाङसँग रातको समयमा पानी, खाने कुरा समेत माग्नुका साथै धम्काउने समेतको क्रियाकलाप गर्ने गरेको, लक्ष्मीले आफुलाई असुरक्षित महशुस भएको भनी आफ्नो छोराछोरीलाइ बताएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।
घटना पश्चात आचार्जु कोठामा आउन छोडेको, निजको गतिविधिहरु शंकास्पद पाईनुका साथै निजको साथीहरुसँग बुझ्दा वारदात पश्चात पैसा धेरै खर्च गर्ने गरेको र ऋण समेत तिरेको भन्ने बुझिन आएकोले प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा गत फागुन १७ गते बिहान मृतक लक्ष्मीको कोठामा छिरी सुतेको अवस्थामा फेला पारी घुडाँले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटी लिई गएको भनी आचार्जुले स्विकार गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
आचार्जुले लुटेर लगेको सुनको रिङ बनेपा नगपालिका ८ चारदोबाटो स्थित विवेक रत्न सुनचाँदी पसलमा ३६ हजार रुपैंयामा धितो राखेको समेत खुल्न आएको डिएसपी श्रेष्ठले बताउनुभयो । आचार्जुलाई जिल्ला अदालत काभ्रेबाट थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *