कांग्रेस केन्द्रीय सदस्य खुल्लामा देउवा समूहका २५, कोइराला समूहका ९ निर्वाचित, दुवै समूहका डा. शशांकले पाए सर्वाधिक मत

भक्तपुर, पुस ४
नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फ डा. शशांक कोइरालासहित ३५ जना निर्वाचित भएका छन । निर्वाचन समितिका अनुसार ९९ जना उम्मेदवार रहेको खुल्लातर्फ बढी मत प्राप्त गरेका ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
निर्वाचित मध्ये डा. शशांक कोइरालाले सबैभन्दा बढी लोकप्रिय मत ३ हजार ८३६ प्राप्त गर्नुभयो । डा. कोइराला सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवैको प्यानलमा परेका थिए ।
यसैगरी केन्द्रीय सदस्यमा निर्वाचित देउवा पक्षका सदस्यहरुमा गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी छन । देउवा समूहकै मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।
यस्तै डा. शेखर कोइराला समूहका अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडु, दिपक गिरी, डा. गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *