कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, भाद्र १७
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो थिमिले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको हो ।
यसवर्ष नियमिततर्फ ४ हजार १७९ जना परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी ३० हजार १०७ रहेका छन् ।
त्यस्तैगरी २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय जना र १.६१ देखि २ जीपए आउने ३५ जना छन् भने ४३ जनाको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ । बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षार्थीको संख्या एक लाख ३० हजार ८७८ जना छन । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *