एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपका लागि नेपाली टाेली उज्वेकिस्तान प्रस्थान

एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली बुधबार उज्वेकिस्तानको तास्केन्त सहरमा प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी सागर भण्डारीको टोली सो प्रतियोगिताको लागि जान लागेका हुन । सागर भण्डारी, १९औं एशियाडमा ३०३ केजीको भार वहन गरेर किर्तिमान राख्ने खेलाडी हुन् । फेब्रुअरी ३ देखि शुरु भएको उक्त प्रतियोगितामा भण्डारीले पुरुष १०९ केजी माथी तौल समुहमा फेब्रुअरी १० मा खेल्नेछन् ।

यसैगरी ३ सदस्यीय टोलीलाई मंगलबार नेपाल ओलम्पिक कमिटीले विदाइ कार्यक्रम गरेको थियो । कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले सफलताको शुभकामना सहित विदाइ गर्नुभयो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा आयोजित सो कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष, कार्यकारिणी निर्देशक तथा टेबुल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, नेपाल फेन्शिङ संघका महासचिव एवं कमिटीका कार्यकारी सचीव सुजनलाल श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *