एसियाली खेलकुदको महिला फुटबलमा नेपाल कठिन समूहमा

भक्तपुर, साउन ११
चीनको होङझावमा यही सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । समूह डी मा रहेको नेपालसँगै जापान, भियतनाम र बंगलादेश छन ।
जापान महिला फुटबलको पुर्व विश्व विजेता समेत हो । जापान र भियतनाम हाल अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप खेलिरहेको छ ।
एसियाली खेलकुदको समूह विभाजनसँगै नेपालले जापानसँग पहिलो पटक खेल्ने भएको छ । भियतनाम र बंगलादेश नेपालको नियमित प्रतिद्धन्द्धी हो । नेपालले यसैवर्ष ओलम्पिक छनोटमा नेपाल र भियतनामले दुई लेग खेलेका थिए भने नेपालले यसै महिना ढाकामा दुई खेलको मैत्रीपूर्ण सिरिज अपराजित रहेर पेनाल्टीमा जितेको थियो ।
एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह ए मा चीन, उज्बेकिस्तान, मंगोलिया, समूह बी मा चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत, समूह सी मा उत्तर कोरिया, सिंगापुर, कम्बोडिया, समूह ई मा दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार छन ।
नेपाली टोली पछिल्लो डेढ महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको छ । एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अनन्तराज थापा प्रशिक्षक रहेपनि एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँग राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक प्रकाश वैद्य छन् ।
एसियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका २२ खेलाडीमा गोलरक्षक अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सात जना डिफेन्डरमा अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे छन ।
यस्तै ६ जना मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही र फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल छन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *